Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल प्रिमियर लिग क्रिकेट

लुम्बिनीमाथि जनकपुरको १ रनको रोमाञ्चक जित

लुम्बिनीमाथि जनकपुरको १ रनको रोमाञ्चक जित


  • 1.5K
    Shares

    लुम्बिनीमाथि जनकपुरको १ रनको रोमाञ्चक जित

    काठमाडौं । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।

    थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो ।

    जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो । लिगमा जनकपुरको यो लगातार चौथो जित हो । ४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ ।

    अन्तिम बलमा लुम्बिनीलाई जितका लागि २ रन आवश्यक थियो । ठूलो सट हान्ने क्रममा जोरा किशोर महतोबाट क्याच आउट भए ।

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । टम मुर्सले ३१ र अर्जुन साउदले २० रन जोडे । सन्दिप जोराले ८ बलमा १६ रन बनाएपनि जित दिलाउन सकेनन् ।

    जनकपुरको जितमा नाकय बनेका हर्श थाकरले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए । उनले ४ ओभरमा २३ रन खर्चिए । ललित राजवंशी, शेर मल्ल र किशोर महतोले १(१ विकेट लिए । ललितले ४ ओभरमा १३ रन मात्र खर्चिए ।

    त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको थियो ।

    जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए । लाहिरु मिलान्थाले २४ र आसिफ शेखले १६ रन जोडे । शुभ कंसाकारले अविजित २२ रन बनाए ।

    बलिङमा लुम्बिनीका लागि युवा स्पीनर अभिशेष गौतमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान रोहित पौडेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । साद विन जफरले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । सन्दिप जोराले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।

    प्रकाशित मिति :मंसिर २३ २०८१ आइतवार - १३:०४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij