Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल प्रिमियर लिग क्रिकेट

सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य

सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य


  • 1.7K
    Shares

    सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य

    काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग एनफीएलमा काठमान्डु गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ब्राण्डन म्याकमुलेनको अर्धशतक र दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १६७ रन बनाएको हो  ।

    म्याकमुलेनले ३६ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का मदतमा ४३ रन जोडे ।

    ओपनर विनोद भण्डारीले २८ बल खेल्दै समान २ चौका र छक्का मदतमा ३५ रन बनाए । काठमान्डुका रासिद खानले २ विकेट लिए ।

    प्रकाशित मिति :मंसिर २० २०८१ बिहिवार - १५:०१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij