Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल प्रिमियर लिग क्रिकेट

एनपीएलमा शिखर धवनको पहिलो अर्धशतक, कर्णाली याक्सले दियो १५० रनको लक्ष्य

एनपीएलमा शिखर धवनको पहिलो अर्धशतक, कर्णाली याक्सले दियो १५० रनको लक्ष्य


  • 2.3K
    Shares

    एनपीएलमा शिखर धवनको पहिलो अर्धशतक, कर्णाली याक्सले दियो १५० रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा कर्णाली याक्सका शिखर धवनले अर्धशतक पूरा गरेका छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँँले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको हो।

    शिखर धवन ७२ र जिसन मक्सुद १४ रनमा अविजित रहे। धवनले ५१  बलमा ४ चौका र ५ छक्का प्रहार गरे। धवनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए।

    सुस्त सुरुवात गरेको कर्णालीले अन्तिम तीन ओभरमा आक्रामक प्रर्दशन गरेको थियो।
    चाडविक वाल्टन २१ रन बनाउँदै जेहार्ड इरासमसको बलमा करण केसीको हातबाट क्याच आउट भए। 


    बाबर हायतले १३ र गुल्सन झा ले १२ रन थपे। अर्जुन घर्ति ४ रन बनाउँदै बोल्ड आउट भए। ओपनर देव खनाल १ रन बनाउँदा करण केसीको बलमा एलबीडब्लु धरापमा परे। 

    काठमाडौँका जेहार्ड इरासमसले २ विकेट लिए। करण केसी, नाथन साउटर र दिपेश कडेलले समान एक विकेट झारे।

    प्रकाशित मिति :मंसिर १९ २०८१ बुधवार - १०:४२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij