Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यू-१९ एसिया कप

अफगानिस्तानमाथि नेपालकाे १ विकेटकाे राेमाञ्चक जीत

अफगानिस्तानमाथि नेपालकाे १ विकेटकाे राेमाञ्चक जीत


  • 2.8K
    Shares

    अफगानिस्तानमाथि नेपालकाे १ विकेटकाे राेमाञ्चक जीत

    काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभर ३ बलमा लक्ष्य भेट्टायो ।

    नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए । अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठीले ९, मायन यादव १, सन्तोष यादव ७, नरेन भट्ट २, रोशन विश्वकर्मा ९, उत्तम थापामगर २ रनमा आउट हुँदा कप्तान हेमन्त धामी २२ रनमा अविजित रहे ।

    नरेन र हेमन्तको संयमित ब्याटिङले नेपालले जीत दर्ता गराएको हो । ८४ रनमा आठौं विकेट गुमाएको नेपालको इनिङलाई हेमन्त र नरेनले उकासेका थिए । उनीहरुले नवौं विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए ।

    बलिङमा अफगानिस्तानका अल्लाह गजन्फर र खातिर स्टानिकजाईले ३(३ लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १२३ रनमा समेटिएको थियो । अफगानिस्तानका फैखल खानले ५२ रन जोड्दा अन्य ब्याटरले रन बनाउन सकेका सकेनन् ।

    बलिङमा नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३-३, अभिषेक तिवारी र कप्तान हेमन्त धामीले २-२ विकेट लिए ।

    नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

    प्रकाशित मिति :मंसिर १८ २०८१ मंगलवार - १७:०४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij