Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनपीएलः काठमाडौंले ६ विकेट गुमायो

एनपीएलः काठमाडौंले ६ विकेट गुमायो


  • 1.4K
    Shares

    एनपीएलः काठमाडौंले  ६ विकेट गुमायो

    काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले १४ ओभरमा ७४ रन बनाउँदा ६ विकेट गुमाएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको काठमाडौंले १४औँ ओभरको खेल जारी रहँदा ६ विकेटको क्षतिमा ७४ रन बनाएर खेलिरहेको छ।

    रासिद खान ४ रन बनाउँदा क्याच आउट भए।

    त्यसअघि ११औँ ओभरको तेस्रो बलमा शंकर राना १६ रन बनाउँदै पेभेलियन फर्के। त्यसअघि चौथो विकेटका रूपमा काठमाडौँले भीम सार्कीलाई गुमाएको थियो। भीम १ रन बनाउँदा सोहेल तनवीरको बलमा एलबीडब्लु धरापमा परे।

    तेस्रो विकेटका रूपमा जेहार्ड इरासमसलाई गुमाएको हो। पाचौँ ओभरको चौथो बलमा इरासमस ४ रन बनाउँदा कुशल मल्लको बलमा बोल्ड आउट भए। 

    चौथो ओभरको चौथो बलमा माइकल लेभिट २५ रन बनाउँदा क्याच आउट हुन पुगे। त्यसअघि दोस्रो ओभरको पहिलो बलमा अ‍ोपनर स्टेफेन इस्कीनाजी २ रन बनाउँदा सोहेल नतविरको बलमा अमर राउटेलाको हातबाट क्याच आउट भए। 

    चितवनलाई सोहेल तनवीरले तीन विकेट लिए। कुशल मल्ल, अमर राउटेला र ल्युक मार्टिन बेनकेन्स्टाइन समान एक विकेट झारे।

    प्रकाशित मिति :मंसिर १७ २०८१ सोमवार - १०:२७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij