Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेत्रहीन विश्वकप क्रिकेटमा अफगानिस्तानपछि नेपालले दक्षिण अफ्रिकालाई पनि हरायो

नेत्रहीन विश्वकप क्रिकेटमा अफगानिस्तानपछि नेपालले दक्षिण अफ्रिकालाई पनि हरायो


  • 2.6K
    Shares

    नेत्रहीन विश्वकप क्रिकेटमा अफगानिस्तानपछि नेपालले दक्षिण अफ्रिकालाई पनि हरायो

    काठमाडौं । नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानपछि बलियो टोली दक्षिण अफ्रिकालाई पनि हराएको छ ।

    जहाजको टिकट काट्ने पैसा नभएपछि रेलमार्फत् भारत हुँदै पाकिस्तान पुगेको नेपाली टोलीले आफ्नो चौथो खेलमा मंगलबार दक्षिण अफ्रिकालाई पनि हराउन सफल भएको हो ।

    पाकिस्तानमा जारी नेत्रही टी-२० क्रिकेट विश्वकपमा नेपालले मंगलबार दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

    खेलमा नेपालले पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकालाई १९९ रनको चुनौती दिएको थियो। नेपालको कठिन चुनौती पछ्याउने क्रममा दक्षिण अफ्रिका पूरै २० ओभर खेलेर २ विकेटको क्षतिमा १८७ रनमा समेटियो । पराजित दक्षिण अफ्रिकाका लागि बुले भिडलाले अविजित शतक बनाए पनि जित दिलाउन सकेनन् ।

    यसअघि पहिले ब्याटिङमा उत्रिएको नेपाली टोलीले पूरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९८ रन बनाउन सफल भएको थियो । नेपाललाई शानदार स्कोरतर्फ अघि बढाउने क्रममा नरेश चौधरीले सर्वाधिक ८० रनको गतिलो पारी खेले ।

    यसअघि पहिलो र दोस्रो खेलमा नेपाली टोलीले हारको सामना गरेको थियो । सोमबार पहिलो जित निकाल्दा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको थियो ।

    प्रकाशित मिति :मंसिर ११ २०८१ मंगलवार - १७:०८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij