Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनपीएल

धरहराबाट प्रधानमन्त्रीले गरे एनपीएलको ट्रफी अनावरण

धरहराबाट प्रधानमन्त्रीले गरे एनपीएलको ट्रफी अनावरण


  • 1.4K
    Shares

    धरहराबाट प्रधानमन्त्रीले गरे  एनपीएलको ट्रफी अनावरण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरेका छन् । काठमाडौंको धरहरा परिसरमा सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गरेका हुन् ।

    ट्रफी सार्वजनिक कार्यक्रममा प्रतियोगितामा सहभागी आठै टिमका मार्की खेलाडी समेत उपस्थित थिए । एनपीएलको पहिलो संस्करण यही मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने तालिका छ ।

    प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारणका निम्ति क्यानले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग सम्झौता गरेको छ । 

    प्रतियोगितामा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दै छन् । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुने तालिका छ ।

    प्रकाशित मिति :मंसिर १० २०८१ सोमवार - ११:२६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij