Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यु–१९ महिला विश्वकप छनोट क्रिकेट

यु–१९ महिला विश्वकप छनोट : नेपाललाई यूएईले दियो ८४ रनको लक्ष्य

यु–१९ महिला विश्वकप छनोट : नेपाललाई यूएईले दियो ८४ रनको लक्ष्य


  • 2.1K
    Shares

    यु–१९ महिला विश्वकप छनोट :  नेपाललाई यूएईले दियो ८४ रनको लक्ष्य

    काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले ८४ रनको लक्ष्य पाएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रन्जितले २० रन बनाइन् भने ‌‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।

    नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।

    नेपाल विश्वकपमा छनोट हुन रनरेटमा पनि यूएईलाई पछाडि पार्ने गरी जित्‍न आवश्यक छ । यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । ५ खेलमा ५ नै जितसहित यूएई अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जित र १ हार सहित नेपाल दोस्रोमा छ ।

    शीर्ष स्थानमा रहने टोली आगामी यु(१९ महिला विश्वकपका लागि छनोट हुनेछ।

    प्रकाशित मिति :कार्तिक २८ २०८१ बुधवार - १६:५५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij