Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आईसीसी यु-१९ महिला टी-२०

यु–१९ महिला विश्वकप एसिया छनोट : अन्तिम खेलमा नेपाल युएईसँग भिड्दै

यु–१९ महिला विश्वकप एसिया छनोट : अन्तिम खेलमा नेपाल युएईसँग भिड्दै


  • 2.2K
    Shares

    यु–१९ महिला विश्वकप एसिया छनोट : अन्तिम खेलमा नेपाल युएईसँग भिड्दै

    काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युएईसँग भिड्दै छ । 

    विश्वकप छनोटको निर्णायक खेलका रूपमा रहेको यस खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।

    दुबईमा दिउँसो सवा ३ बजेदेखि सुरु हुने खेल नेपालले रनरेटमा पनि यूएईलाई पछाडि पार्ने गरी जित्न आवश्यक छ । यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । ५ खेलमा ५ नै जीत सहित यूएई १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जीत र १ हारसहित ८ अंक जोडेको नेपाल दोस्रोमा छ ।

    आज हुने खेलमा नेपालले जितेर मात्र पुग्दैन, रनरेटमा पनि अगाडि आउनुपर्ने छ । पहिले ब्याटिङ गरेर १४० रन बनाएको अवस्थामा २१ रन वा बढीको अन्तरले खेल जित्नुपर्ने छ । त्यस्तै यूएईले पहिले ब्याटिङ गरेको अवस्थामा नेपालले १६।१ ओभरमा लक्ष्य पूरा गरिसक्नुपर्ने हुन्छ । यीभन्दा कम अन्तरको जीत हासिल गरेपनि नेपाल रनरेटमा पराजित हुँदै दोस्रोमै सीमित रहँदै विश्वकप खेल्नबाट वञ्चित हुने छ ।

    हालसम्म अपराजित रहेको यूएईलाई रनरेटमा समेत पछि पार्दै हराएमा नेपाल पहिलो पटक आइसिसी यु-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुने छ । यसपटक कप्तान पूजा महतो उत्कृष्ट लयमा देखिएकी छन् । त्यस्तै प्रदर्शन आजको खेलमा अन्य खेलाडीबाट पनि हुन सके नेपाली अन्डर-१९ महिला टोलीले पहिलो पटक विश्वकप खेल्ने छन् ।

    नेपालले थाइल्याण्ड र कुवेतलाई दुवै भेटमा फराकिलो अन्तरले हराएको छ । 

    प्रकाशित मिति :कार्तिक २८ २०८१ बुधवार - १०:१७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij