Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटः आज नेपाल र कुबेत भिड्दै

आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटः आज नेपाल र कुबेत भिड्दै


  • 1.6K
    Shares

    आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटः आज नेपाल र कुबेत भिड्दै

    यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज (मंगलबार) नेपाल र कुबेत भिड्दैछन्। 

    अजमानस्थित दि सेभेन स्टेडियममा हुने खेल स्थानिय समय अनुसार बिहान साढे ९ बजे सुरु हुनेछ। नेपालले कुवेतविरुद्वको पहिलो खेलमा १ सय ८ रनको फराकिलो जित निकालेको थियो। नेपाल आजको खेलमा पनि सोही नतिजा दोहोराउने योजनामा हुनेछ। 

    पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको नेपालले दोस्रो खेलमा भने १ सय ६ रनको जित निकालेको थियो। तेस्रो खेलमा भने नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो। 

    चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू१९ विश्वकपमा स्थान बनाउनेछन्।

    एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रअरी २ सम्म मलेसियामा हुनेछ।

    प्रकाशित मिति :कार्तिक २७ २०८१ मंगलवार - ०६:५४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij