Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साफ फाइनल: टिकट नपाएपछि आक्रोशित बने सर्वसाधारण

साफ फाइनल: टिकट नपाएपछि आक्रोशित बने सर्वसाधारण


  • 1.6K
    Shares

    साफ फाइनल: टिकट नपाएपछि आक्रोशित बने सर्वसाधारण

    काठमाडौं । बुधबार साँझ हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्नका लागि टिकट नपाएपछि सर्वसाधारणहरू आक्रोशित बनेका छन्।

    बिहानैदेखि एन्फा कम्प्लेक्स, जावलाखेल र भद्रकाली आर्मी गेटमा टिकट लिनेहरूको भिड लागेको छ। अत्यधिक माग भएका कारण एन्फालाई टिकट बिक्री व्यवस्थित बनाउन धौ-धौ परेको छ।

    जावलाखेलमा टिकट लिन पुगेका दर्शकहरू नपाएपछि आक्रोशित हुँदै एन्फाविरुद्ध नाराबाजी गरेका छन्।

    एन्फाका अनुसार एकजनाले अधिकतम दुईववटा भीआईपी र ५ वटा साधारण टिकट लिनसक्नेछन्। जावलाखेलमा साधारणतर्फ ४ हजार र भीआईपीतर्फ ३ सय टिकट बिक्री भइसकेको बताइएको छ।

    यसैबीच, काठमाडौँ महानगरले पनि यो खेलको तीन ठाउँबाट लाइभ गर्ने भएको छ। महानगरपालिकाले दिएको जानकारी अनुसार टुँडिखेल, सानो गौचरण र सिफलमा साफ फाइनल लाइभ हुनेछ। 

    प्रकाशित मिति :कार्तिक १४ २०८१ बुधवार - १२:५५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij