Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने

राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने


  • 1.5K
    Shares

    राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने

    काठमाडौं । तिहारमा देउसी-भैलो र मनोरञ्जन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले बेलुका ९ बजेसम्म मात्रै समयसीमा तोकेको छ । जिल्ला सुरक्षा समितिको बैठकले देउसी-भैलो खेल्दा होस् वा अन्य मनोरञ्जनका कार्यक्रम गर्दा बेलुका ९ बजेसम्म मात्र गर्न पाइने निर्णय गरेको छ ।

    राति अबेरसम्म देउसी भैलो खेल्दा होस् वा मनोरञ्जनात्मक कार्यक्रम गर्दा छरछिमेकलाई असर पर्ने र सार्वजनिक जीवनमा असर पर्ने भएकाले बेलुका ९ बजेसम्म मात्र उक्त कार्य गर्न/गराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेर सचेत गराएको हो ।

    उक्त सूचनामा नेपाल सरकारले प्लास्टिकजन्य फुलका गुच्छा उत्पादन, आयात, बिक्री वितरण गर्न रोक लगाएकाले उक्त कार्य नगर्न समेत उल्लेख गरेको छ ।
    patra-6.webp

    प्रकाशित मिति :कार्तिक १३ २०८१ मंगलवार - १६:२६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij