२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । आइसिसी विश्वकप लिग-२ क्रिकेटमा नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ दशमलव ४ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।
अमेरिकाको लागि शयान जहाजिंगरले सर्वाधिक एक सय चार रनको योगदान दिए । उनले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेका हुन् । त्यसैगरी कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौकासहित ६२ रनमा बनाए । हरमित सिंहले ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन जोडे । शाड्ली भानले शाक्ली २७, जसदीप सिंह र साइतेजा मुकामल्लाले समान ११ रन बनाए भने मिलिन्द कुमारले पाँच रन जोडे ।
नेपालका कुशल भुर्तेलले ४ विकेट लिए भने सोमपाल कामीले २ तथा ललित राजवंशीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६ रन बनाएको योगफल बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको इनिङ खेलेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij