Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साफ महिला च्याम्पियनसिप

साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रोपटक फाइनलमा

साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रोपटक फाइनलमा


  • 3.6K
    Shares

    साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रोपटक फाइनलमा

    काठमाडौं । साबिक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानमाथि ७–१ गोलको सजिलो जित हासिल गरेको हो ।

    बंगलादेशले प्रारम्भदेखि नै भुटानलाई दबाबमा राखेको थियो । बंगलादेका लागि तोहुरा खातुनले तीन गोल गरिन् । उनले निर्धारित समयको १५औँ, ३५औँ र ५८औँ मिनेटमा गोल गरेकी हुन् । सविना खातुनले पनि दुई गोल गरिन् । उनले २६औँ र ३७औँ मिनेटमा गोल गरेकी हुन् ।

    यसैगरी, रितु चकमा र मासुरा प्रविनले पनि एक–एक गोल गरे । रितुले सातौँ र मासुराले ७२औँ मिनेटमा गोल गरेका हुन् । भुटानका लागि भने एकमात्र गोल निर्धारित समयको ४१औँ मिनेटमा डेकी लहजुमले गरेकी हुन् ।

    बंगलादेश समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबिच आइतबार नै खेलिने छ । नेपाल र भारतबिचको खेल साँझ १७ः३० बजे सुरु हुनेछ ।

    नेपाल समूह ‘बी’ को विजेता र भारत समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । साफ महिला च्याम्पियनसिपको अघिल्लो संस्करणको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । त्यो संस्करण पनि नेपालमै आयोजना भएको थियो ।

     

    प्रकाशित मिति :कार्तिक ११ २०८१ आइतवार - १५:५८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij