२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भुटानविरुद्ध बंगलादेशले अग्रता दोब्बर बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा भुटानविरुद्ध बंगलादेशले २–० को अग्रता बनाएको हो।
पहिलो हाफको सातौँ मिनेटमा रितु पुर्णा चक्माले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भयो।
१५ औँ मिनेटमा तोहुरा खातुनको गोलमा बंगलादेशले अग्रता दोब्बर पार्यो। डीबक्स एरिका नजिक उनले भुटानका दुई डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरिन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij