Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साफ महिला च्याम्पियनसिप

श्रीलंकाविरुद्ध नेपाल ६–० ले विजयी, सेमिफाइनलमा भारतसँग भिड्ने

श्रीलंकाविरुद्ध नेपाल ६–० ले विजयी, सेमिफाइनलमा भारतसँग भिड्ने


  • 4.9K
    Shares

    श्रीलंकाविरुद्ध नेपाल ६–० ले विजयी, सेमिफाइनलमा भारतसँग भिड्ने

    काठमाडौँ ।​ नेपाल समूह विजेता हुँदै काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।​

    समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी राना मगरले एक एक गोल गरेका थिए ।

    यो जितपछि नेपालको समूह बी मा ३ खेलमा ७ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

    त्यसैगरी समूह बी बाट श्रीलंका र माल्दिभ्स भने बाहिरिएका छन् ।

    अब नेपालले सेमिफाइनलमा समूह ए को उपविजेता भारतसँग खेल्ने छ भने भुटानले समूह ए को विजेता बंगलादेशसँग खेल्ने भएको छ ।
    सेमिफाइनलका खेल २७ अक्टोबरमा हुने छन् ।

    प्रकाशित मिति :कार्तिक ८ २०८१ बिहिवार - १९:०३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij