२०८२ भाद्र २ गते सोमवार
काठमाण्डौ । एफसी १७ वर्षमुनिको एशियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा भोलि बिहान साबिक विजेता जापानसँग खेल्दैछ । खेल कतारको दोहामा रहेको हमद बिन खालिफा स्टेडियमा नेपाली समयअनुसार भोलि बिहान पौने ७ बजे शुरु हुनेछ ।
नेपाल र जापान रहेको समूह ‘एफ’मा कतार र मङ्गोलिया पनि छन् । प्रतियोगिताको सबैभन्दा सफल टोली जापानले अघिल्लो वर्षसमेत गरी चारपल्ट उपाधि जितसकेको छ ।
नेपालले भने अहिलेसम्म तीन पटक छनौट चरण पार गरेर १७ वर्षमुनिको एशियन कप खेलेकोमा तीन पटक नै समूह चरणबाटै बाहिरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij