Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साफ महिला च्याम्पियनसिप : भूटानले श्रीलंकालाई हराउँदै पहिलो स्थानमा

साफ महिला च्याम्पियनसिप : भूटानले श्रीलंकालाई हराउँदै पहिलो स्थानमा


  • 2.8K
    Shares

    साफ महिला च्याम्पियनसिप : भूटानले  श्रीलंकालाई हराउँदै पहिलो स्थानमा

    काठमाडौं । श्रीलंकालाई हराउँदै भूटान पहिलो स्थानमा साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भूटानले श्रीलंकालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै भूटानले दुई खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा भूटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो । 

    आज खेल सुरुआती सातौं मिनेटमा भूटानकी डेकी ल्जोहामले गोल गर्दै पहिलो अग्रता दिलाइन् । त्यस्तै खेलको २३औं मिनेटमा श्रीलंककी  कप्तान थुशानी मधुशिकाले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याइन । 

    त्यसपछि खेलको ३२औँ मिनेटमा भूटानकी दोर्जी एडेनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाइन । खेलको ७६औँ मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै भूटानलाई ३–१ को अग्रता दिलाइन् । डेकीले गोल गरे लगत्तै नामग्याल डेमाले गोल गर्दै भूटानलाई ४–१ गोलको जित दिलाइन ।

    समूह ‘बी’मा रहेको नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।

    प्रकाशित मिति :कार्तिक ५ २०८१ सोमवार - १६:२२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij