Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अमेरिका विरूद्धको टी-२० सिरिज नेपालले गर्‍यो क्लिनस्विप

अमेरिका विरूद्धको टी-२० सिरिज नेपालले गर्‍यो क्लिनस्विप


  • 1.6K
    Shares

    अमेरिका विरूद्धको टी-२० सिरिज नेपालले गर्‍यो क्लिनस्विप

    काठमाडौं । नेपालले घरेलु टोली अमेरिकाविरूद्धको तीन खेलको टी-२० सिरिज क्लिनस्विप गरेको छ। सोमबार बिहान भएको तेस्रो टी-२० खेलमा ८ विकेटको जितसँगै नेपालले सिरिज ३-० ले आफ्नो पक्षमा परेको हो।

    सोमबार अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १८.४ ओभरमा पूरा गर्‍यो।

    नेपालको जितमा कुशल मल्लले नटआउट ४४ रन र कुशल भुर्तेलले नटआउट ४० रन जोडे। मल्लले ३० बलमा ४ चौका र १ छक्का तथा भुर्तेलले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे।

    ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ५० रन जोड्ने क्रममा ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर अनिल साहले १३ रन मात्र जोड्न सके।

    ग्रान्ड प्रिएरीमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो।

    अमेरिकाका लागि ओपनिङ ब्याटर मुक्कामल्लले सबैभन्दा बढी ६८ रन जोडे। १८औं ओभरमा सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

     

     

    प्रकाशित मिति :कार्तिक ५ २०८१ सोमवार - १०:०१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij