Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

न्यूजील्याण्डसँग पहिलो टेस्टमा घरेलु मैदानमा हार्यो भारत

न्यूजील्याण्डसँग पहिलो टेस्टमा घरेलु मैदानमा हार्यो भारत


  • 2.7K
    Shares

    न्यूजील्याण्डसँग पहिलो टेस्टमा घरेलु मैदानमा हार्यो भारत

    काठमाडौं । न्यूजील्याण्डले भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ ।

    खेलको पाँचौं दिन न्यूजील्याण्डले पाएको १०७ रनको लक्ष्य २ विकेट गुमाएर पुरा गर्दै खेल ८ विकेटले जितेको हो ।

    न्यूजील्याण्डले भारतलाई उसको घरेलु मैदानमा करिब ३६ बर्षपछि पराजित गरेको हो । त्यस्तै पछिल्लो १० बर्षमा भारतलाई घरेलु मैदानमा पराजित गर्ने न्यूजील्याण्ड तेस्रो देश बनेको छ ।

    यस टेस्टमा भारत पहिलो इनिंगमा ४६ रनमा समेटिएको थियो भने न्यूजील्याण्डले पहिलो इनिंगमा ४०२ रन बनाएको थियो । त्यस्तै भारतले दोस्रो इनिंगमा ४६२ रन बनाएर खेलमा हावी हुने प्रयास गरेको थियो ।

    यो जितपछि ३ खेलको सिरिजमा न्यूजील्याण्ड १० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २४ देखि पुणेमा हुने तालिका रहेको छ ।

    प्रकाशित मिति :कार्तिक ४ २०८१ आइतवार - १२:१४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij