Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य


  • 1.8K
    Shares

    नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

    काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकालाई १७१ रनको चुनौती दिएको छ।

    तेस्रो क्रममा ब्याटिङमा आएका भुर्तेल २ रनले शतक प्रहार गर्न चुके। ५४ बलको सामना गरेका भुर्तेलले ७ चौका र ६ छक्काको मद्दतमा ९८ रन बनाएका हुन्।

    ओपनर आशिफ शेख चार बल खेलेर आउट हुँदा अर्का ओपनर अनिल शाहले साहले ३१ बलको सामना गर्दै २५ रन जोडे। उनले दुई चौका र एक छक्का प्रहार गरे। गुल्सन झाले १२ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा १९ रन जोडे।

    कप्तान रोहित पौडेलले १४ बलमा दुई चौकाको मद्दतमा १८ रन बनाए। दीपेन्द्रसिंह ऐरीले भने तीन बलमा २ रनमात्र जोड्न सके।

    प्रकाशित मिति :कार्तिक ४ २०८१ आइतवार - ०६:४३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij