२०८२ भाद्र १२ गते बिहिवार
नाइजेरियाको एक जेलबाट १८ सय कैदीबन्दी भागेका छन् । बन्दुकधारीको आक्रमणपछि कैदीबन्दीहरु जेलबाट भागेका त्यहाँका अधिकारीहरुले बताएका छन् ।
आक्रमणकारीहरु दक्षिण–पूर्वी सहर आवेरीस्थित जेलको प्रशासनिक भवनमा विस्फोट गर्दै भित्र पसेको बताइएको छ । जेल तोडेर भागेका ६ जना कैदी फर्किएका अधिकारीहरुले बताएका छन् । यस्तै‚ ३५ जनाले भाग्न अस्वीकार गरेको बताइएको छ ।
प्रहरीले प्रतिबन्धित पृथकतावादी समूह द–इन्डिजीनीएस पिपुल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ । यद्यपि‚ उक्त समूहले त्यस आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij