Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रिमियर लिगका लागि खेलाडी छनोट हुँदै, कति जनाले गरे नाम दर्ता ? (संख्यासहित) 

प्रिमियर लिगका लागि खेलाडी छनोट हुँदै, कति जनाले गरे नाम दर्ता ? (संख्यासहित) 


  • 3.9K
    Shares

    प्रिमियर लिगका लागि खेलाडी छनोट हुँदै, कति जनाले गरे नाम दर्ता ? (संख्यासहित) 

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेलाडी हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आइतबार अपराहन्न २ः०० बजेदेखि एनपीएलको खेलाडी अक्सन हुने भएको छ ।  

    अक्सनका लागि १४२ खेलाडी छनोट गरिएको छ । क्यानका अनुसार कुल ४२६ खेलाडीले आफ्नो नाम दर्ता गराएकोमा त्यसबाट एनपीएल तयारी समितिले १४२ खेलाडी छनोट गरेर अक्सनमा सहभागी गराएको छ । 

    नेपाली फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । क्यानले असोज ५ देखि १२ सम्म खेलाडी दर्ताका लागि खुला गरेको थियो । अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ ३८ र ग्रेड ‘सी’ ७७ खेलाडी रहेका छन् । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ ।

    एनपीएलमा सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स रहेका छन् । 

    यसअघि एनपीएलका फ्रेन्चाईजीका मार्की खेलाडी छानिएको छ  । जसमा करण केसी काठमाडौं फ्रेन्चाईजीका मार्की खेलाडी बनेका छन् भने कुशल भुर्तेल पोखराको मार्की खेलाडी बनेका छन् । त्यसैगरी कुशल मल्ल चितवनको मार्की खेलाडी बनेका छन् भने सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी बनेका छन् ।

    त्यस्तै राष्ट्रिय टिमका कप्तान रोहित पौडेल लुम्बिनीको मार्की खेलाडी बनेका छन् भने आसिफ सेख जनकपुरको मार्की खेलाडी बनेका छन् । त्यस्तै सोमपाल कामी कर्णालीको र दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीको मार्की खेलाडी बनेका छन् । 

    क्यानले मार्की खेलाडीको पारिश्रमिक २० लाख हुने जानकारी दिएको छ । 

    प्रकाशित मिति :आश्विन २० २०८१ आइतवार - १०:४२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij