Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

स्व गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने

स्व गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने


  • 8.0K
    Shares

    स्व गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन  प्रतियोगिता हुने

    मोरङ । स्व गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता मोरङमा हुने भएको छ ।
     
    विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले जानकारी दिनुभयो । प्रतियोगितामा छ वटा इभेन्ट्समा प्रतिस्पार्धा हुनेछ । 

    १७ वर्ष मुनिका छात्रछात्रा, ४५ वर्षमाथि र ५५ वर्षका पुरुष एकल तथा महिला एकलबीच प्रतिस्पर्धा हुनेछ । विजेताले नगद रु २५ हजार र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु १५ हजार र तेस्रोले जनही रु १०÷१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    खुल्ला प्रतियोगितामा सबै खेलाडीले भाग लिनसक्ने संयोजक डाँगीले बताउनुभयो । क्लबले गत वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको हो ।

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - १३:२७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij