२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । चीनको हाङझाओमा भएको २० औँ एसियाली सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छिन्। उनलाई मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो।
एरिकाले यसअघि गत वर्ष चीनको हाङझाओमा भएको १९ औँ एसियाली खेलकुदमा पनि ऐतिहासिक रजत पदक जितेकी थिइन्। उनीसँगै एसियन जुनियर कराते च्याम्पियनसिप र एसियन पारा कराते च्याम्पियनसिपमा सहभागी खेलाडीलाई विमानस्थलमा स्वागत गरिएको हो। स्वागतका लागि एन्फा अध्यक्ष टंकलाल घिसिङ लगायत विमानस्थल पुगेका थिए।
एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो। शुक्रबार भएको खेलमा तीन वाउट जित्दै एरिका फाइनलमा पुगेकी थिइन्।
एरिकाले प्रि–क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–०ले तथा क्वार्टरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभालाई हराएकी थिइन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij