२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपालकी एरिका गुरुङले २०औँ एसियाली सिनियर कराँते च्याम्पियन्सिपको महिला ६८ केजीमाथिको स्पर्धामा ऐतिहासिक रजत पदक जितेकी छिन्।
आइतबार चीनको हाङझावस्थित स्पोर्टस् सेन्टर जिम्न्याजिममा एरिका भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भइन्। एसियाली सिनियर कराँतेमा नेपालको यो पहिलो पदक हो। यसअघिका सबै संस्करणमा नेपाल पदकविहीन थियो।
एरिकाले प्रि–क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गरेकी थिइन्। क्वार्टरफाइनलमा एरिका र काजकिस्तानकी सोफिया बेरुल्टसेभाकबिचको खेल १–१ को बराबरीमा टुंगियो। ‘रेफ्री’को निर्णयका आधारमा एरिका विजयी भइन्।
पहिलो अंक एरिकाले बटुलेकी थिइन्। सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले हराउँदै उपाधिनजिक पुगेकी थिइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij