२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । भारतले पहिलो टेस्ट खेलमा बंगलादेशमाथि २८० रनको सानदार जित हात पारेकोछ । यो जितसँगै दुई खेलको सिरिजमा भारत १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट शुक्रबारदेखि कानपुरमा सुरु हुनेछ ।
५१५ रनको लक्ष्य पछ्याएको बंगलादेश २३४ रनमा अल आउट भयो । बंगलादेशले चौथो दिन १९४-४ को अवस्थाबाट दोस्रो इनिङलाई निरन्तरता दिएको थियो । ४० रन जोड्न ६ विकेट गुमाउँदै फराकिलो अन्तरले हार्न पुग्यो ।
बंगलादेशका कप्तान नाज्मुल हसन सान्टोले १२७ बलमा ८ चौका र ३ छक्कासहित ८२, शादमान इस्लाम ३५, जकिर हसन ३३ र सकिब अल हसन २५ रन बनाए । भारतका रवीचन्द्रन आश्विनले ६ र रविन्द्र जडेजाले ३ विकेट लिए ।
भारतले दोस्रो इनिङ २८७-४ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । शुभमन गिलले १७६ बलमा १० चौका र ४ छक्कासहित ११९ रनको अविजित इनिङ खेले । ऋषभ पन्तले १२८ बलमा १३ चौका र ४ छक्कासहित १०९ रनमा आउट भए ।
यशस्वी जैसवाल १०, रोहित शर्मा ५ र विराट कोहली १७ रनमा आउट भए । बंगलादेशका मेहेदी हसन मिराजले २ र तस्किन अहमद र नहिद रानाले १-१ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा ३७६ रनमा अलआउट भएको थियो । रवीचन्द्रन आश्विनले ११३ र रवीन्द्र जडेजाले ८६ रनको इनिङ खेले । बंगलादेशका हसन मोहम्मद ५ र तस्किन अहमदले ३ विकेट लिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij