Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आइसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालको ओमानसँग लज्जास्पद हार 

आइसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालको ओमानसँग लज्जास्पद हार 


  • 2.3K
    Shares

    आइसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालको ओमानसँग लज्जास्पद हार 

    काठमाडौंं । नेपाल आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित भएको छ । जारी सिरीजको दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो ।

    नेपालले दिएको २२१ रनको लक्ष्य पछाएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक ४१ रन बनाए भने कश्यप प्रजापतिले ३६, कप्तान आकिब इलियासले २९ रन बनाएका थिए ।

    त्यस्तै नेपाली बलर गुलशन झाले सर्बाधिक ५ विकेट लिएका थिए भने किरण केसीले २ तथा सन्दीप लामिछाने र आरिफ सेखले एक एक विकेट लिएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै २२० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ६० रन बनाए भने गुलशन झाले ५३ तथा आरिस सेखले ३५ रन बनाएका थिए ।

    जारी सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो । यस अघि क्यानडासँग नेपाल १०३ रनले पराजित भएको थियो । लिग(२ को अंक तालिकामा नेपालको ६ खेलमा २ अंक मात्र रहेको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै ओमानको भने ५ खेलमा५ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।   

    प्रकाशित मिति :आश्विन ३ २०८१ बिहिवार - ११:१२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij