Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

१३ औं सागको खर्च विवरण सार्वजनिक 

१३ औं सागको खर्च विवरण सार्वजनिक 


  • 8.3K
    Shares

    १३ औं सागको खर्च विवरण सार्वजनिक 

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक भएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो ।

    राखेपका सदस्य सचिव रमेस सिलवालले सागको खर्च विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक खर्च विवरणअनुसार साग खेलकुद तर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको छ ।

    यस्तै निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरणमा उल्लेख गरिएको छ । नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक स्वर्ण जितेको थियो । जसमा नेपालले ५१ स्वर्ण पदक, ६० रजत र ९६ कास्य पदक गरि कुल २०७ पदक जितेको थियो ।

    प्रकाशित मिति :मंसिर १४ २०७७ आइतवार - १४:१४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij