Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख, दशैँ अघि नै खेलाडी अक्सन हुने

एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख, दशैँ अघि नै खेलाडी अक्सन हुने


  • 1.4K
    Shares

    एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख, दशैँ अघि नै खेलाडी अक्सन हुने

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडीले २० लाख पारिश्रमिक पाउने भएका छन् ।

    आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म‌ आयोजना हुने एनपीएलका आठ मार्की खेलाडीले हरेकले २० लाख पारिश्रमिक पाउने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् । साथै पारिश्रमिक बाहेक मार्की खेलाडीलाई फ्रेन्चाईजीले बोनस तथा अन्य थप रकम दिन सक्ने बताए ।

    सचिव खड्काका अनुसार एनपीएलको नेपाली खेलाडीको अक्सन दशैँ अगाडी नै हुने भएको छ । उनले विदेशी खेलाडीहरुसँग अहिले समन्वय भएको र फ्रेन्चाईजीहरुलाई विदेशी खेलाडी भित्र्याउने स्वतन्त्रता दिइएको बताए ।

    क्यानले आजै एक कार्यक्रमका बीच आठ मार्की खेलाडीको लक्की ड्रबाट फ्रेन्चाईजी छनौट गरेको छ ।

    जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी कुशल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यसैगरी मार्की खेलाडी  कुशल मल्ल चितवनबाट खेल्ने भएका छन् भने मार्की खेलाडी सन्दीप लामिछाने विराटनगर फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।

    त्यस्तै मार्की खेलाडी रोहित पौडेल लुम्बिनीबाट खेल्ने भएका छन् भने मार्की खेलाडी आसिफ सेख जनकपुर टिमबाट खेल्ने भएका छन् ।  त्यस्तै मार्की खेलाडी सोमपाल कामी कर्णालीबाट र मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।   

    मार्की खेलाडी तीन बर्षका लागि फ्रेन्चाईजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न चाहेमा रिलिज गर्न सक्ने क्यानले बताएको छ ।

    प्रकाशित मिति :भाद्र ३० २०८१ आइतवार - ०६:४०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij