Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

महिला लिगमा कोशीको लगातार दोस्रो जित

महिला लिगमा कोशीको लगातार दोस्रो जित


  • 2.0K
    Shares

    महिला लिगमा कोशीको लगातार दोस्रो जित

    काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले बागमती युथ क्लब विरुद्ध २-१ को पुनरागमन जित निकालेको हो ।

    खेलको २६ औं मिनेटमा विष्णुमायाले गोल गर्दै बागमती युथ क्लबलाई अग्रता दिलाएकी थिइन् । तर तीन मिनेटपछि नै कोशीका लागि समीक्षा मगरले बराबरी गोल फर्काइन् ।

    ५४ औं मिनेटमा बागमतीकी दिव्या यसमाली मगरले आत्मघाती गोल गरेपछि कोशीले २-१ को अग्रता बनायो । प्रतीक्षा राईको प्रहार मगरलाई ठोक्किएर आफ्नै पोष्टमा गोल भएको हो ।

    त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन सकेन । लगातार दुई जितपछि ६ अंक जोडेर कोशी शीर्ष स्थानमा छ । कोशीले पहिलो खेलमा वालिङ नगरपालिकालाई ४-० ले पराजित गरेको थियो । बागमतीको भने यो पहिलो हार हो ।

    प्रकाशित मिति :भाद्र २० २०८१ बिहिवार - १५:३३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij