Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सम्मान

ऐतिहासिक पदक विजेता पलेशालाई काठमाडौंमा भब्य स्वागत

ऐतिहासिक पदक विजेता पलेशालाई काठमाडौंमा भब्य स्वागत


  • 2.0K
    Shares

    ऐतिहासिक पदक विजेता पलेशालाई काठमाडौंमा भब्य स्वागत

    काठमाडौं । पेरिसमा भएको पारालम्पिक–२०२४ मा नेपाललाई तेक्वान्दोमा कास्यपदक दिलाएकी पलेशा गोवर्धनलाई काठमाडौंमा भब्य स्वागत गरिएको छ ।

    आज नेपाल फर्किएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै गाडीमा राखेर नगर परिक्रमा गराइएको छ । उनलाई पदाधिकारी तथा खेलाडी सुवेच्छुकले स्वागत गरेका छन् । 

    पलेशाले पारातेक्वान्दोको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी हुन् । पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार सम्पन्न रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी हुन् । 

    रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् । रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । 

    क्वार्टरफाइनलमा भने पलेशा आफूले अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परेकी थिइन् ।

    2.webp

    pale2.JPG 

    प्रकाशित मिति :भाद्र १९ २०८१ बुधवार - १०:०३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij