२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले घरेलु मैदानमा भएको साफ यू–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली युवा टोलीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको छ।
गत भदौ २९ गते सम्पन्न एन्फाको बैठकले खेलाडी र म्याच अफिसियल दुवैलाई नगदसहित पुरस्कार र टिकट बिक्रीबाट आएको रकमको २० प्रतिशत विनियोजन गर्ने निर्णय गरेको थियो।
एन्फाले खेलाडी, प्रशिक्षक र टिम अफिसियललाई गरि कुल १६ लाख ४५ हजार ९ सय २० रुपैयाँ प्रदान गरेको छ।
एन्फाले दिएको ५० हजार र टिकट बिक्रीबाट प्राप्त २० प्रतिशत गरि खेलाडीले ६५ हजार ४० रुपैयाँ पाएका छन्।
यस्तै, मुख्य प्रशिक्षक उर्जन श्रेष्ठलाई ५० हजार, सहायक प्रशिक्षक शसेन्द्र धिमाल र राजुसिंह महर्जनले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।
टिम म्यानेजर रविन खड्का, फिवियो अनिश बुढाथोकीले पनि समान २५ हजार रुपैयाँ पाए। घरेलु मैदानमा सम्पन्न साफमा नेपाली युवा टोली बंगलादेशसँग ४(१ गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij