Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एन्फा महासचिवको तलब २ लाख ६८ हजार पुग्दा राष्ट्रिय खेलाडीको  तलब कति ?

एन्फा महासचिवको तलब २ लाख ६८ हजार पुग्दा राष्ट्रिय खेलाडीको  तलब कति ?


  • 3.5K
    Shares

    एन्फा महासचिवको तलब २ लाख ६८ हजार पुग्दा राष्ट्रिय खेलाडीको  तलब कति ?

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर ९२ लाख ६८ हजार रुपैयाँ बढी हुने केन्द्रीय कार्यसमिति बैठकले मंगलबार निर्णय गरेको छ।

    अध्यक्ष पंकजबिक्रम नेम्बाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफल हुँदा महसचिवको तलब २ हजार अमेरिकी डलर पुर्‍याउने प्रस्ताव राखेका हुन्।

    केही सदस्यको असन्तुष्टिका बावजुद यो प्रस्ताव बहुमतले पारित भएको छ। हाल महासचिव किरण राईको मासिक तलब १ लाख २० हजार रुपैयाँ छ।

    बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपैयाँबाट मासिक ३० हजार रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ। यो निर्णय भने सर्वसम्मतले पारित भएको छ।

    महासचिव किरण राईले तलव वृद्धिको विषयमा बोल्न नचाहेको न्युज एजेन्सी नेपालले जनाएको छ। यद्यपी एन्फा प्रवक्ता सुरेश शाहले तलब वृद्धिको निर्णय भएको स्वीकार गरे।

    मंगलबार सुरू भएको बैठक अझै सकिएको छैन। मंगलबार दिनभर छलफल भएर केही बुँदामा निर्णय हुँदा कतिपय एजेन्डामा छलफल हुन बाँकी छ। त्यसैले बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।

    मंगलबार विहान पौने ११ बजे सुरु भएको बैठक राति अबेरसम्म चलेको थियो। बुधवार साफ यू(२० च्याम्पियनसिपको फाइनलको कारण बिहीबारसम्मका लागि स्थगित गरिएको प्रवक्ता शाहले बताए।

    बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ। उनले नेतृत्ववमा नेपालले १९ खेल खेलेको थियो। जसमा मात्र ५ जित दिलाएका थिए। ४ खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो।

    एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ। 

    बैठकका एजेन्डाहरू

    456297889_8468615946496519_3132645083794935677_n-1724824714.jpg

    प्रकाशित मिति :भाद्र १२ २०८१ बुधवार - ११:०४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij