Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

द च्याम्पियन्स तेक्वान्दो डोजाङ्गको ‘दोस्रो उपत्यकाव्यापी तेक्वान्दो च्याम्पियनसिप’ प्रतियोगिता सम्पन्न

द च्याम्पियन्स तेक्वान्दो डोजाङ्गको ‘दोस्रो उपत्यकाव्यापी तेक्वान्दो च्याम्पियनसिप’ प्रतियोगिता सम्पन्न


  • 5.2K
    Shares

    द च्याम्पियन्स तेक्वान्दो डोजाङ्गको ‘दोस्रो उपत्यकाव्यापी तेक्वान्दो च्याम्पियनसिप’ प्रतियोगिता सम्पन्न

    काठमाडौं । द च्याम्पियन्स तेक्वान्दो डोजाङ्गको ‘दोस्रो उपत्यकाव्यापी तेक्वान्दो च्याम्पियनसिप–२०८१’ प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।

    संस्थाका सचिव सुमन श्रेष्ठको संचालन र डोजाङ्ग प्रमुख प्रदीप आलेमगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रमुख अतिथिको रुपमा उपस्थित थिए । नेपाल टेक्वान्दो संघको तर्फबाट टि.डि. सुरेश मानन्धर अतिथिको रुपमा सहभागी भएका थिए ।

    विभिन्न तौल समूहका बिजयी प्रतिस्पर्धीहरुलाई पदक वितरण गरिएको उक्त कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य धर्मराज अर्याल विशेष अतिथि र नागार्जुन न.पा.–१ का वडा अध्यक्ष रामेश्वर लामा, का.म.पा. १६ वडाका का.वा. वडाअध्यक्ष पुष्प महर्जन, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका सदस्य दिनेश बाँडा, रामचन्द्र व्यञ्जनकार, फेरोज श्रेष्ठ, नेपाल तेक्वान्दो संघ सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष नोवाङ केर्साङ लामा र तरुण दलका केन्द्रीय सदस्य गगन थापा अतिथिको रुपमा उपस्थित थिए । 

    3.jpg

    सुरेन्द्र खड्गी र अर्जुन महर्जनले उक्त प्रतियोगिताको जुरी गरेका थिए । नागार्जुन–१, रानीवनस्थित काठमाडौं भ्याली स्कुलमा सम्पन्न उक्त कार्यक्रममा तेक्वान्दोको गेरोगी (Gyrogi) र पुम्से (Poomsae) विधामा प्रतिस्पर्धा गरी बिजय प्राप्त गरेका ३५० खेलाडीहरुलाई ट्रफी तथा पदक प्रदान गरियो । 

    उपत्यकाका विद्यालय र डोजाङ गरि जम्मा २३ टिम प्रतिस्पर्धामा सहभागी थिए । गेरोगी विधामा पुरुषतर्फ २० देखि ५७ के.जि. सम्म १२ तौल समूहमा साथै महिलातर्फ २० देखि ५१ के.जि. सम्म १० तौल समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो ।

    खेलमा गेरोगी विधातर्फ आयोजक “द च्याम्पियन्स तेक्वान्दो डोजाङ” वनस्थली १६, खरिवोटले प्रथम, “वेष्ट डिभिजन तेक्वान्दो डोजाङ” मातातीर्थले द्वितीय र “कोपेश तेक्वान्दो डोजाङ” कोटेश्वरले तृतीय स्थान हासिल गर्न सफल भयो भने पुम्से विधातर्फ “काठमाडौं ग्लोवल स्कुल” सामाखुसीले प्रथम, “मञ्जरी तेक्वान्दो डोजाङ”, बुढानिलकण्ठले द्वितीय र आयोजक “द च्याम्पियन्त तेक्वान्दो डोजाङ” वनस्थली १६, खरिवोटले तृतीय स्थान हासिल गर्यो ।  

    unnamed.jpg

    सोही कार्यक्रमा एसईई प्रिन्सेस सिजन १२, २०२४ कि विजेता एवं आयोजक द च्याम्पियन्स तेक्वान्दो डोजाङकी ब्ल्याक बेल्ट खेलाडी प्राप्ति श्रेष्ठ, एसईई २०८० मा जी.पि.ए. ४.० प्राप्त गरेकी काठमाडौं भ्याली स्कुल रानीवनकी ब्याच प्रथम छात्रा प्रशंसा न्यौपाने लगायत शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने विद्यार्थीहरु पनि पुरस्कृत भए । 

    काठमाडौं भ्याली स्कुलकी प्रिन्सीपल अञ्जना श्रेष्ठ, विद्यालय सुपरभाइजर एवं काउन्सिलर राजिव प्रधान र अतिरिक्त क्रियाकलाप इञ्चार्ज परम राईको विशेष सहयोगमा सम्पन्न उक्त कार्यक्रमलाई भव्य र सभ्य बनाउन बिक्रम राई, निरज गौतम, नोर्बु लामा, छुल्टिम लामा, सागर राई लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

    unnamed (1).jpg

    प्रकाशित मिति :भाद्र ७ २०८१ शुक्रवार - १८:४९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij