Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भुटान भिड्ने

साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भुटान भिड्ने


  • 2.1K
    Shares

    साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भुटान भिड्ने

    काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा घरेलु टोली नेपालले भुटानविरुद्ध खेल्ने भएको छ ।

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको समूह बी को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा खेल्ने टोलीको टुङ्गो लागेको हो । 

    मालदिभ्सविरुद्ध इन्ज्युरी समयमा किपगेनले गरेको गोल नै भारतीय युवा टोलीका लागि निर्णायक बन्यो । निर्धारित ९० मिनेटमा भारतलाई गोलरहित बराबरीमा रोकेको मालदिभ्सले इन्ज्युरी समयमा भने गोल खान पुग्यो । 

    लगातार दोस्रो हार व्यहोरेसँगै मालदिभ्स भने समुह चरणबाटै बाहिरिएको छ । दुई खेलमा जित निकालेको भारत ६ अंकमा अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको हो । 

    एक खेलमा जित निकालेको भुटान दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । योसँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ । 

    च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा समूह ए को विजेता नेपालले समूह बी को उपविजेता भुटानविरुद्ध खेल्नेछ । सो खेल आइतबार हुनेछ । 

    दोस्रो सेमिफाइनलमा समुह बी को विजेता भारतले भने समुह ए को उपविजेता बंगलादेशविरुद्ध खेल्नेछ। दोस्रो सेमिफाइनल खेल सोमबार हुनेछ । फाइनल खेल बुधबार हुनेछ । 

     

    प्रकाशित मिति :भाद्र ७ २०८१ शुक्रवार - १६:२०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij