Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साफ यू–२० च्याम्पियनसिप फुटबल : नेपालले बङ्गलादेशलाई हरायो

साफ यू–२० च्याम्पियनसिप फुटबल : नेपालले बङ्गलादेशलाई हरायो


  • 1.8K
    Shares

    साफ यू–२० च्याम्पियनसिप फुटबल : नेपालले बङ्गलादेशलाई हरायो

    काठमाडौं । साफ यू २० च्याम्पियनसिप फुटबलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । 

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा  नेपाल पाहुना टोली बङ्गलादेशलाई २–१ गोलले हराउँदै समूह ‘ए’ को  विजेता बनेर सेमिफाइनलमा पुगेको छ  ।

    नेपालले यस अघि समूह चरणको पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलले हराएको थियो । नेपालसंग पराजित भए पनि बङ्गलादेश पनि समूहको उपविजेता हुँदै सेमिफाइनलमा  पुगेको छ । बङ्गलादेशले पनि समूह चरणमा श्रीलङ्कालाई पराजित गरेको थियो ।

    नेपालको २ खेलमा ६ अंक भएको छ । बंगलादेश ३ अंकका साथ उपविजेता बन्दा श्रीलंका अंकविहिन रहँदै बाहिरियो ।समूह बी मा भारत र भुटानको समान ३-३ अंक छ । भारतले शुक्रबार समूहको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ ।

    प्रकाशित मिति :भाद्र ६ २०८१ बिहिवार - १६:२३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij