२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल समूह विजेता बन्दै साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले हरायो। नेपालको जितमा निराजन धामी र समिर तामाङले गोल गरेका थिए।
उनीहरुले २ मिनेटमा अन्तरमा गोल गरेपछि खेलको सुरुवातमै नेपाल २-० गोलले अगाडि बढेको थियो। बंगलादेशले गोल फर्काएपनि पुनरागमन गर्न सकेन। नेपालले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij