Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

खेलकुद

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन खेलाडीहरू जापान प्रस्थान, पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा बिदाइ  

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन खेलाडीहरू जापान प्रस्थान, पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा बिदाइ  


  • 2.3K
    Shares

    अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन खेलाडीहरू जापान प्रस्थान, पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा बिदाइ  
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराँते ‘डो’ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन् । 

    उनीहरूलाई आज (मंगलबार) अध्यक्षले प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रममा बिदाइ गरेका हुन् । 

    अगस्ट २४ र २५ तारिखका दिन जापान टोकियोमा हुने ‘नवौं वादोरियो कराते ‘डो’ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४’ मा नेपालको तर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाईबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुने छ । 

    खेलाडीलाई बिदाइ गर्दै अध्यक्ष प्रचण्डले मेडल ल्याउन नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै सफलताको शुभकामना व्यक्त गरे ।

    बिदाइ कार्यक्रममा नेपाल वादोरियो कराँते ‘डो’ संघका केन्द्रीय पदाधिकारी, नेपाल कराँते महासंघका उपाध्यक्ष श्याम शेर्पा र सचिव विआरलगायत सहभागी थिए ।

    प्रकाशित मिति :भाद्र ४ २०८१ मंगलवार - ११:०१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij