२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ सिरिजको तयारीका लागि नेपाली टोली भारत गएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, सोमबार बिहान नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो।
टोलीले बैंगलोरस्थित प्रतिष्ठित नेशनल क्रिकेट एकेडेमी (एनसीए)मा दुई हप्ता प्रशिक्षण गर्नेछ। आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजमा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाली टोली यसअघि आयोजित एसीसी मेन्स प्रिमियर कपको तयारीका लागि भारतको गुजरात गएको थियो।
गुजरातस्थित वापीमा प्रशिक्षण गरेको नेपाली टोलीले गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएशनसँग एसएमएस फ्रेन्डसिप कप टी–२० प्रतियोगिता पनि खेलेको थियो
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij