Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ग्लोबल टी–२० लिग

ग्लोबल टी–२० लिग : रोहितआबद्ध टोरोन्टोले जित्यो उपाधि

ग्लोबल टी–२० लिग : रोहितआबद्ध टोरोन्टोले जित्यो उपाधि


  • 2.3K
    Shares

    ग्लोबल टी–२० लिग : रोहितआबद्ध टोरोन्टोले जित्यो उपाधि

    काठमाडौं । ग्लोबल टी–२० क्यानडा लिगको उपाधि टोरोन्टो नेसनल्सले जितेको छ।

    गएराति राति भएको फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध रहेको टोली टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। 

    ९७ रनको लक्ष्य टोरोन्टोले मात्र २ विकेटको क्षतिमा ३० बल बाँकी हुँदै पूरा गरेको थियो। टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रन बनाए। मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले एक–एक विकेट लिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै ९६ रन बनाएको थियो। जसमा कोर्बिनले सर्वाधिक ३५ रन बनाउँदा जसकरण सिंहले १६ र अनुप रविले १० रन बनाए।

    टोरोन्टोका जसन बेहरेन्डोर्फ ३, रोमारिओ शेफर्डले २, जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले एक–एक विकेट लिए।

    नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध भएको टोली भने लिगको अन्तिममा रहँदै बाहिरएको थियो।

    प्रकाशित मिति :श्रावण २८ २०८१ सोमवार - ०९:३५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij