२०८२ माघ ८ गते बिहिवार
काभा महिला भलिबल नेसन्स लिगमा दक्षिण एसियाली पावर हाउस भारतविरुद्ध जित निकाल्दै नेपालले ऐतिहासिक जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको शनिबारको पहिलो खेलमा ३–२ को सेटमा जित निकालेको हो। नेपाली भलिबल इतिहासमा नेपालले पहिलो पटक भारतलाई हराएको हो। पाँचौ तथा अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित निकालेको हो।
चौथो सेट भारतले आफ्नो पक्षमा पारेपछि नेपाल र भारतले समान २ सेट जितेका छन्। भारतले चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो। पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने २५–१२ ले गुमाउन पुग्यो।
तेस्रो सेट नेपालले २५–१७ ले आफ्नो पक्षमा पार्दै खेलमा पुनरागमन गरेको थियो। तर चौथो सेट भने गुमाउन पुग्यो। पाँचौ सेट नेपालले आफ्नो पक्षमा पार्दै इतिहास रचेको हो।
खेलको सुरुवातबाट नै भारतीय टोलीलाई दबाबमा राखेको नेपालले पहिलो सेटमा जित हात पारेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij