Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काभा वुमन्स भलिबल

काभा वुमन्स भलिबलमा श्रीलंकालाई हराउँदै नेपालको विजयी सुरुवात

काभा वुमन्स भलिबलमा श्रीलंकालाई हराउँदै नेपालको विजयी सुरुवात


  • 3.5K
    Shares

    काभा वुमन्स भलिबलमा श्रीलंकालाई हराउँदै नेपालको विजयी सुरुवात

    काठमाडौं । काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।

    नेपालले श्रीलंकालाई २५-१९, २५- १८ धर २५-१९ ले पराजित गरेको हो । दोस्रो सेटमा ४-२ ले अग्रता लिएको श्रीलंकाले अग्रता जोगाउन सकेन ।

    पहिलो सेटमा एकतर्फी जित निकालेको नेपालले दोस्रो सेटमा भने केही गल्ती गर्न पुग्यो। तर श्रीलंकन टिमको रिसिभ र ब्लकमा समस्याका कारण फराकिलो अन्तरले जित्यो ।

    तेस्रो सेटमा ७-३ ले पछि परेको नेपालले टाइम आउट लियो । त्यसपछि पनि नेपाल १५-१५ को स्थितिमा आएर कमब्याक गर्‍यो । त्यसपछि भने नेपालले अग्रता बनाउँदै जित हात पार्‍यो ।

    प्रकाशित मिति :श्रावण १७ २०८१ बिहिवार - १५:५७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij