Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काभा वुमन्स नेसन्स लिग आजदेखि सुरु हुँदै

काभा वुमन्स नेसन्स लिग आजदेखि सुरु हुँदै


  • 2.8K
    Shares

    काभा वुमन्स नेसन्स लिग आजदेखि सुरु हुँदै

     काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । मध्य एसियाका क्याटेगोरी ए र क्याटेगोरीका बी का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतियोगिताको उद्घाटन खेलमा आज घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुनेछ ।त्यसअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गर्नेछन् ।

    नेपाल र श्रीलंकाबीच सन् २०२१ पछि पहिलोपटक खेल हुन लागेको हो । सन् २०२१ मा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा पाँच सेटमा नेपालले श्रीलंकालाई पराजित गरेको थियो ।

    आजै साँझ पौने ६ बजे भारत र इरानबीच पनि प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता छ । इरान पहिलोपटक नेपालमा खेल्न आएको हो ।

    नेसन्स लिग राउण्ड रोविन लिगका आधारमा हुनेछ । सिंगल राउण्ड रोविन लिगमा सबै टोलीले एक आपसमा खेलेपछि सेमिफाइनल र फाइनल खेल हुनेछ ।

    लिगमा शीर्ष चारमा रहने टोली सेमिफाइनल पुग्नेछ भने पाँचौ हुने टोली बाहिरिनेछ । लिगमा पहिलो हुने र चौथो हुने टोलीबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र तेस्रो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ ।

     

    प्रकाशित मिति :श्रावण १७ २०८१ बिहिवार - १०:०८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij