Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एसिया कप : सेमिफाइनलमा भारतसँग ८० रनमै रोकियो बंगलादेश

एसिया कप : सेमिफाइनलमा भारतसँग ८० रनमै रोकियो बंगलादेश


  • 2.8K
    Shares

    एसिया कप : सेमिफाइनलमा भारतसँग ८० रनमै रोकियो बंगलादेश

    काठमाडौं । नवौँ संस्करणको महिला एसिया कप टी–२० प्रतियोगिताको सेमिफाइनल खेलमा बंगलादेशले भारतलाई ८१ रनको सामान्य लक्ष्य दिएको छ । श्रीलंकाको डाम्बुला अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८० रन बनायो । 

    उसका लागि कप्तान निगार सुल्तानाले ५१ बलमा दुई चौकासहित सर्वाधिक ३२ रन बनाइन् । यस्तै, शोर्ना अख्तरले १८ बलमा दुई चौकासहित अविजित १९ रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

    भारतका लागि रेणुका सिंह र राधा यादवले तीन/तीन तथा दिप्ती शर्मा र पूजा वस्त्रकारले एक/एक विकेट लिए । आजको विजेता टिमले फाइनलमा श्रीलंका र पाकिस्तानबीचको विजेता टिमको सामना गर्नेछ । 

    श्रीलंका र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल आज राति ७ः४५ देखि सुरु हुनेछ । जारी संस्करणमा नेपालको पनि सहभागिता थियो । समूह चरणबाट बाहिरिएको नेपालले तीनमध्ये दुईमा हार तथा एक खेलमा जित निकालेको थियो । 

    प्रकाशित मिति :श्रावण ११ २०८१ शुक्रवार - १५:३५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij