Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यू–२० महिला भलिबल

यू–२० महिला भलिबल : तेस्रो स्थान हाँसिल गरेर फर्कियो नेपाली टोली

यू–२० महिला भलिबल : तेस्रो स्थान हाँसिल गरेर फर्कियो नेपाली टोली


  • 2.7K
    Shares

    यू–२० महिला भलिबल : तेस्रो स्थान हाँसिल गरेर फर्कियो नेपाली टोली

    काठमाडौं । यू–२० महिला भलिबल च्याम्पियनसिप तेश्रो स्थान हाँसिल गरेको नेपाली भलिबल टिम स्वदेश फर्किएको छ ।

    माल्दिभ्सको मालेमा यू-२० महिला भलिबल च्याम्पियनसिप खेलेर नेपाली टोली बिहीबार मध्यान्ह स्वदेश फर्किएको हो।

    च्याम्पियनसिपको सेमिफाइनलमै रोकिएपछि तेश्रो स्थानका लागि नेपालले आयोजक माल्दिभ्ससँग खेलेको थियो । जसमा नेपाल ३–० को सोझो सेटमा विजयी हुन सफल भयो ।

    नेपाल फर्किएपछि यू–२० महिला टोलीका कप्तान जेनिशा विश्वकर्माले प्रतिष्पर्धी टोली बलियो भएको बताइन्। उनले पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेकाले पनि सोचेजस्तो नतिजा दिन नसकेको बताइन् ।

    च्याम्पियनसिपबाट धेरै अनुभव भएकाले आगामी दिनमा सुधार गरेर अघि बढ्ने उनले बताएकी छन् । नेपाली महिला भलिबलको इतिहासमा उमेर समूहको टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेको हो ।

    nepali-woman-voleyball-team-u-20-return-nepal-15.jpg

    nepali-woman-voleyball-team-u-20-return-nepal-14.jpg

    प्रकाशित मिति :श्रावण १० २०८१ बिहिवार - १३:४०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij