Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ग्लोबल टी- २०: सन्दीपको टीममा भित्रिए हेन्ड्रिक्स र ख्वाजा

ग्लोबल टी- २०: सन्दीपको टीममा भित्रिए हेन्ड्रिक्स र ख्वाजा


  • 3.5K
    Shares

    ग्लोबल टी- २०: सन्दीपको टीममा भित्रिए हेन्ड्रिक्स र ख्वाजा

    काठमाडौं । क्यानाडामा आयोजना हुने ग्लोबल टि २० को एक फ्रेन्चाइज भ्यानकुभर नाइट्सले टिममा दुई विश्वस्तरीय ब्याट्सम्यानलाई अनुवन्धित गरेको छ । साउथ अफ्रिकाका रिजा हेन्ड्रीक्स र अष्ट्रेलियाका उस्मान ख्वाजा अन्तिम समयमा टीममा भित्रिएका हुन् ।

    पाकिस्तानका दुई स्टार मोहम्मद रिजवान र बाबर आजमले क्रिकेट बोर्डबाट अनुमति नपाएपछि क्यानाडा जान रोकिएका थिए । उनीहरुको स्थानमा हेन्ड्रिक्स र ख्वाजालाई ल्याइएको हो ।

    भ्यानकुभरले टीमको कप्तान भने छनोट गर्न बाँकी छ । यसअघि रिजवानलाई कप्तान बनाइएकोमा उनी आउन नपाएपछि नयाँ कप्तान चयन गर्नुपर्ने भएको हो ।

    नेपालका दुई स्टार सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी पनि भ्याकुभरबाट खेल्दैछन् । सन्दीप हिजो नै क्यानाडा प्रस्थान गरिसकेका छन् । नयाँ कप्तानमा सन्दीपको नाम चर्चामा छ । यद्यपि, हेन्ड्रिक र ख्वाजा आएपछि उनीहरुमध्ये एकजनालाई कप्तान बनाउन सक्ने सम्भावना पनि बढेको छ ।

    हेन्ड्रिक्सले साउथ अफ्रिकाबाट ३४ एक दिवसीय र ६८ टि २० खेलेका छन् । टि २० मा उनको उच्च स्कोर ८७ रन छ भने १५ वटा र्असतक प्रहार गरेका छन् । उनको स्ट्राइक रेट १२९।१२ रहेको छ ।

    हालैको टि २० विश्वकपमा पनि उनी साउथ अफ्रिका टिमका ओपनर थिए । तर, राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । उनको स्लो स्ट्राइक रेटको आलोचना भएको थियो ।

    ख्वाजा भने अष्ट्रेलियाका टेस्ट ओपनर हुन् । पाकिस्तानी मूलका यी ३७ वर्षिय खेलाडीले अष्ट्रेलियाबाट ७३ टेस्ट र ४० वटा एकदिवसीय म्याच खेल्दा टि २० भने ९ वटा मात्रै खेलेका छन् ।

    टेस्टमा उनले अष्ट्रेलियाका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । टी २० मा भने उनी खासै सफल छैनन् । उनले एउटा टि २० अर्धसतक बनाएका छन् । उनको उच्च टि २० स्कोर ५८ रन रहेको छ ।

    प्रकाशित मिति :श्रावण ८ २०८१ मंगलवार - ११:१४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij