Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

महिला टी-२० विश्वकपमा प्रतिस्पर्धी संख्या बढाउने आईसीसीको निर्णय

महिला टी-२० विश्वकपमा प्रतिस्पर्धी संख्या बढाउने आईसीसीको निर्णय


  • 3.1K
    Shares

    महिला टी-२० विश्वकपमा प्रतिस्पर्धी संख्या बढाउने आईसीसीको निर्णय

    काठमाडौं ।  सन् २०३० मा आयोजना हुने आईसीसी महिला टी(२० विश्वकपमा १६ टीमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    आईसीसीको सोमबार श्रीलंकामा सम्पन्न बोर्ड बैठक तथा वार्षिक साधारणसभाले महिला टी(२० विश्वकपमा प्रतिस्पर्धी संख्या १२ बाट १६ पुर्‍याउने निर्णय गरेको हो । आईसीसीको यो निर्णयले नेपाल जस्ता टोलीलाई फाइदा पुग्नेछ ।

    यस्तै सन् २०२६ मा हुने पुरुष टी(२० विश्वकपमा एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट ३ टोलीलाई सहभागी गराइने निर्णय भएको छ । यी दुई क्षेत्रको अन्तिममा एउटै प्रतियोगिताबाट विश्वकप छनोट हुनेछ ।

    यसअघि एसिया क्षेत्रबाट मात्र छनोट हुँदै आएको थियो । आईसीसीका अनुसार अफ्रिका र युरोपबाट २(२ र अमेरिकी क्षेत्रको छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

    प्रकाशित मिति :श्रावण ७ २०८१ सोमवार - १६:३९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij