Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एसिया कप क्रिकेट

महिला एसिया कप : यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

महिला एसिया कप : यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य


  • 2.4K
    Shares

    महिला एसिया कप  :  यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

    काठमाडौं । एसीसी वुमन्स एसिया कप क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा यूएईले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १५ रन जोड्यो ।

    युएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् । कविशा इगोडेज २२, समाइरा धरनिधर्क १३, कप्तान इशा ओजा १० रनमा आउट भए ।

    बलिङमा नेपालकी कप्तान इन्दु बर्माले उत्कृष्ट प्रदर्शन गरिन् । ४ ओभर बलिङ गरेकी इन्दुले १२ रन खर्चेर ३ विकेट लिइन् । सवनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट लिए ।

    प्रकाशित मिति :श्रावण ४ २०८१ शुक्रवार - १५:११:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij