Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

महिला एसिया कप

एसिया कपः यूएईविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

एसिया कपः यूएईविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल


  • 2.4K
    Shares

    एसिया कपः यूएईविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

    काठमाडौं । श्रीलंकामा सुरू भएको नवौं संस्करणको एसिया कप टी(२० महिला क्रिकेटको उद्घाटन खेलमा यूएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

    श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

    एसिया कपमा नेपाल रहेको समूहमा नेपालसहित यूएई, भारत र पाकिस्तान छन् । आइतबार पाकिस्तान र मङ्गलबार भारतसँग खेल्नेछ । सन् २०१२ र २०१६ मा सहभागी भएको नेपालको यो तेस्रो सहभागिता हो ।

    अर्को समूहमा थाइल्यान्ड, मलेसिया, श्रीलंका र बङ्गलादेश छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् ।नेपालको प्लेइङ-११

    इन्दु बर्मा (कप्तान), काजोल श्रेष्ठ, रुबिना क्षेत्री, सीता राणा मगर, बिन्दु रावल, कविता कुँवर, सबनम राई, कृतिका मरासिनी, पुजा महतो, कविता जोशी र सम्झना खड्का ।

    प्रकाशित मिति :श्रावण ४ २०८१ शुक्रवार - १३:२७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij